स्वास्थ्य मुटु, हाम्रो अभियान भन्ने मूल नारालाई अंगिकार गर्दै मानवीय सेवालाई प्रमुख उद्देश्य ठानेर वि.सं. २०६९ साल आषाढ १२ गते स्थापित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल स्थापना गरेको छ ।
हाम्रो समाजमा थुप्रै सर्वसाधारणले हृदयघातबाट अकालमै आफ्नो ज्यान गुमाइरहेको दुःखद खबर आइरहंदा यस क्षेत्रमा मुटु अस्पताल स्थापना गर्नुपर्छ भन्ने भावनाका साथ रुपन्देही उद्योग संघले २०६२ सालमा बुटवलमा मुटु अस्पताल स्थापना गर्ने घोषणा गरेको यहा स्मरण गर्न चाहन्छु । संघले सोही वर्षको राष्ट्रिय औद्योगिक प्रदर्शनीको प्रत्येक टिकटबाट रु ३।–का दरले पैसा छुट्याएर अस्पताल निर्माणका लागि गरीएको विजारोपण लाई सार्थक तुल्याउन रुपन्देही उद्योग संघको आयोजनामा हुँदै आएका त्यस यताका प्रत्येक प्रर्दशनीबाट समेत अस्पतालका लागि टिकटबाट रकम छुट्याउदै आएको छ ।
यस बीचमा अस्पताल स्थापनाको अभियानलाई तीव्र बनाउने सोचका साथ २०६७ चैत्र २१ गते संघकै आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरी करिब १ करोड १० लाख रकम संकलन भएको थियो उक्त सांस्कृतीक कार्यक्रम अस्पताल स्थापनाका लागि गति दिन कोशेढुंगा साबित भयो ।
मुटुको प्राथमिक उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटाउन समेत हामी सफल भएका छौं । संस्थाको सदस्यता विस्तार र अस्पताल स्थापनाको क्रममा साथ दिनुहुने सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी एवं शुभेच्छुकहरुप्रति हामी कृतज्ञ छौं । मानवीय सेवाका लागि यहाँहरुबाट प्राप्त सहयोग अमूल्य छ ।
अस्पताल स्थापना र संचालनमा रोटरी फाउण्डेशन, रोटरी डिष्ट्रिक ३२९२, रोटरी क्लव अफ बुटवल डाउनटाउन, रोटरी क्लव अफ बुटवल साउथ, रोटरी क्लव अफ बुटवल, रोटरी क्लव अफ सेनट्रल बुटवल रोटरी क्लव अफ भैरहवा एवं रोट्¥याक्ट क्लव अफ सेन्ट्रलको सहयोग उच्च र प्रशंसनीय छ । सम्पूर्ण रोटरी परिवारप्रति समेत हामी आभारी छौं ।
वि.सं. २०६२ सालमा बुटवलमा मुटु अस्पताल स्थापनाको घोषणासँगै रुपन्देही उद्योगसंघ मार्पmत संकलन भएको रकम र संस्थाका संस्थापक सदस्यज्यूहरुबाट संकलित रकमबाट बुटवल १२ रामनगरमा २०७० पौष १० गते ९ बेडको सि.सि.यू. सहित २४ बेडको अस्पताल शुभारम्भ गरिएको थियो । विरामीेको अत्यधिक चाप र सेवा विस्तारलाई मध्यनजर गरी अस्पतालाई समायानुकुल बृद्धि र परिस्कृत ढंगले संचालन गरिंदै आएको छ । मितिः २०७२ भाद्र ४ गते देखि अस्पतालमा मृगौला उपचार केन्द्र समेत स्थापना गरिएको छ । अस्पतालमा अहिले म्ः। ऋबचमष्ययिनष्कत बरिष्ठ मुटुरोग विशेषज्ञ ३, ःम् ऋबचमष्ययिनष्कत मुटुरोग विशेषज्ञ ३, ःम्। ल्भउजचययिनष्कत मृगौला रोग विशेषज्ञ १, ःम्। एजथकष्अष्बल २, ःम्।च्भमष्ययिनष्कत १ जना समेत विशेषज्ञ १० जना र मेडिकल अफिसर १० गरी जम्मा २० जना चिकित्सक सहित २२० जना कर्मचारीबाट सेवा प्रदान गरिएको जानकारी गराउन चाहन्छु । यस अस्पतालबाट प्रत्येक वर्ष कामको मूल्यांकनको आधारमा ५ जना उत्कृष्ट कर्मचारीहरुलाइ पुरष्कृत गर्दै आइरहेका छौं, र यसवर्ष पनि ५ जना उत्कृष्ट कर्मचारीहरुलाई पुरष्कृत गर्ने व्यवस्था गरिएको छ ।
यस अस्पतालबाट आजसम्म २५ जिल्लाका विरामीहरुले अधिकतम सेवा लिंदै आइरहेका छन् । २०७३ पौष ११ देखि २०७४ पौष ७ गतेसम्म यस अस्पतालको ओ.पि.डी.बाट ३३०५४ इमरजेन्सीबाट ४९७६ भर्ना विरामी ३५५४ डायलाइसिस सेसनबाट ११२०९ जना समेत जम्मा ५२,७९३ जनाले सेवा लिनु भएको छ । अस्पताल संचालन र सेवाबृद्धिका क्रममा साथ दिनुहुने सबैप्रति हामी अत्यन्तै आभारी छौं ।