यस गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको मृगौलारोग विशेषज्ञमा डा. रजत कायस्थ नियुक्त भएका छन ।

यस गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको मृगौलारोग विशेषज्ञमा डा. रजत कायस्थ नियुक्त भएका छन । ललितपुर निवासी डा.रजत यस अघि काठमाण्डौ मेडिकल कलेज र एभरेष्ट हस्पिटलमा मृगौलारोग विभागमा कार्य गर्दै आउनु भएको थियो । काठमाण्डौ मेडिकल कलेजबाट MBBS र बंगलादेशको Bangabandhu Sheikh Mujib Medical University बाट MD NEPHROLOGY (5 Year) अध्यन गर्नु भएका डा. रजतले यस अस्पतालबाट देनिक बिहान ९ बजे देखि ५ बजे सम्म सेवा प्रदान गर्नु हुने छ । यस अस्पतालमा हाल १७ वटा मेसिनबाट दैनिक ४० देखि ५० जना बिरामीको डायलाईसिस हुदै आएको र नेपाल सरकारबाट प्रदान गरिएको निःशुल्क डायलाइसिस सेवा समेत प्रदान हुदै आएको छ । मृगौलाका बिरामीहरुको चाप अत्यन्त धेरै रहेकोले केहि समयमा १० वटा मेसिन थप गरि २७ वटा मेसिनबाट सेवा प्रदान गरिने छ ।

2018-02-28T07:38:59+00:00