रुपन्देही उद्योग संघको संरक्षकत्व, रोटरी क्लब अफ बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल द्धारा संचालित क्याथ ल्याब १ वर्ष पुरा गरी आज देखि दोश्रो वर्षमा प्रवेश गरेको छ । १ वर्षमा ६४० वटा केश भएका थिए जस्मा १२७ जनाको एनजियोप्लाष्ट र ३१ जना लाई पेश मेकर राखिएको थियो । दोश्रो स्थापना दिवशको अवसरमा अस्पतालका अध्यक्ष एजाज आलमले मुटुको उपचारमा अतिनै महत्वपुर्ण प्रविधि क्याथ ल्याब पश्चिम क्षेत्रमै पहिलो पटक स्थापनागरि सेवा प्रदान गर्न सकेकोमा खुसी व्यक्त गर्दै क्याथ ल्याब संचालनमा रोटरी क्लब अफ बुटवलका साथै विभिन्न रोटरी क्लबहरु र समुदायको ठुलो सहयोग रहेको जानकारी गराउनु भएको थियो । अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले जनताको विश्वास, चिकित्सक र स्वास्थ्यकर्मीको लगनशिलताले यो सफलता प्राप्त भएको बताउनु भयो । सहयोगी संस्था रोटरी क्लब अफ बुटवलका अध्यक्ष राजेन्द्र लम्साल, रोटरी डिस्ट्रक ३२९२ जोन १५ का असिस्टेन्ट गर्वनर प्रदिप कुमार उदय, अस्पतालका सहसचिव बाबुराम बोहराले आफनो भनाईहरु राख्नु भएको थियो ।